जाजरकोटका भूकम्पपीडितलाई क्रिकेट संघको २० लाख रुपैयाँ सहयोग

जाजरकोटका भूकम्पपीडितलाई क्रिकेट संघको २० लाख रुपैयाँ सहयोग

काठमाडौं : नेपाल क्रिकेट संघले जाजकरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका पीडितलाई २० लाख रुपैयाँ सहयोग गरेको छ।

आईसीसी टी२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम संघले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको हो।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदमबहादुर खड्काले २० लाख रुपैयाँको चेक संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन्।

कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प गएपछि नेपाल क्रिकेट संघले फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्पपीडितलाई सहयोग गर्ने बताएको थियो।

क्यानले सम्पूर्ण घाइते भूकम्पपीडितको स्वास्थ्य लाभको कामनासहित ज्यान गुमाउनेहरू प्रति श्रद्धान्जली अर्पणसमेत गरेको छ।

फागुन १२, २०८० शनिबार ११:०१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।