काठमाडौंका यी स्थानमा आज सात घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका यी स्थानमा आज सात घण्टा विद्युत् आपूर्ति बन्द हुने
फाइल तस्बिर

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा आज सात घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

महाराजगञ्ज वितरण केन्द्रस्थित महाराजगञ्ज-२ फिडरमा सात घण्टा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार खरिबोट टोखा रोडमा ट्रान्सफर्मर टावर फेर्नका लागि विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

यसबाट बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड र ग्राण्डी अस्पताल क्षेत्रमा दिनभर विद्युत् आपूर्ति बन्द हुने भएको हो।

तोकिएको समयअगावै काम सकिए छिट्टै विद्युत् आपूर्ति खुला हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

फागुन १२, २०८० शनिबार ०९:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।