वाफ महिला च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन भिड्दै

वाफ महिला च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौं : साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपमा आज नेपालले समूह चरणको अन्तिम खेल खेल्दैछ।

समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ। खेल किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटीमा नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ।

समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोलल पराजित गर्दा दोस्रो खेलमा इराकलाई ५-० गोलले हरायो।

एक खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसक्यो। आजको खेलमा प्यालेस्टाइनसँग बराबर भए पनि नेपालले सेमिफाइनल खेल्नेछ।

१२ फागुन, २०८०, ०८:५८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।