अभिनेत्री रेखा दम्पतीको पहिलो सन्तान छोरी, आमा-छोरी स्वस्थ

अभिनेत्री रेखा दम्पतीको पहिलो सन्तान छोरी, आमा-छोरी स्वस्थ

काठमाडौँ : अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाले पहिलो सन्तान छोरी भएको छ। अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन्।

रेखाले अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन्। उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन्।

फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मिनुको महान् कारण छ।’

रेखा पति बलराम शाही ठकुरीका साथ केही महिनादेखि अमेरिकामा बस्दै आएकी छिन्।

फागुन ११, २०८० शुक्रबार १६:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।