भ्यालेन्सियाको अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

भ्यालेन्सियाको अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

एजेन्सी : स्पेनको भ्यालेन्सिया सहरमा दुईवटा जोडिएको अपार्टमेन्टमा ठूलो आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। १९ जना बेपत्ता छन्।

१४ तले ब्लकमा लागेको आगो छेउको भवनमा फैलिएको थियो। सार्वजनिक तस्बिर र भिडियोमा आपतकालीन सेवाहरूले बालकनीबाट मानिसहरूलाई उद्धार गरिरहेको देखिएको थियो।

विज्ञहरूका अनुसार भवनमा अत्यधिक ज्वलनशील क्ल्याडिङले आगो तीव्र गतिमा फैलिएको समाचारमा उल्लेख छ। भवनका १३८ फ्ल्याटहरूमा ४५० परिवार बस्दै आएका थिए।

२० भन्दा बढी दमकल टोलीले आगो नियन्त्रणमा लिएका थिए।

फागुन ११, २०८० शुक्रबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।