नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शुक्रबारको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नामिबियाले निर्धारित ४५ ओभरमध्ये ४१.३ ओभरमा अलआउट हुँदै २०३ रन बनायो।

हिजो साँझ परेको पानीका कारण आउटफिल्ड भिजेपछि खेल नै ढिला गरेर सुरु भएको थियो भने खेललाई ४५ ओभरमा झारिएको थियो।

नामिबियाका लागि जान निकोल लोफ्टी इटोनले सर्वाधिक २९ रन बनाए।

त्यसअलावा मलान क्रुगर ३९, जन फ्रिलिंक ३४, जेन ग्रिनले २२, जिराड इराशमसले १२, माइकल भानलिङ्गनले १० रन जोड्दा रुबेन ट्रम्पलम्यानले अविजित २३ रन जोडे।

नेदरल्यान्ड्सका भिभियन किङ्गाले तीन, आर्यन दत्त र रोयलफ भान्डेर मेरवेले समान दुई–दुई तथा शारिज अहमद र बसदी लीडेले समान एक–एक विकेट लिए।

सिरिजका यसअघिका खेलमा नामिबियाले नेपालमाथि दुई जित निकालेकोमा नेदरल्याण्ड्समाथि हार व्यहोरेको थियो भने नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो।

फागुन ११, २०८० शुक्रबार १३:३७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।