सङ्गठित पार्टी सदस्यता नविकरण गर्न जसपाको सर्कुलर

सङ्गठित पार्टी सदस्यता नविकरण गर्न जसपाको सर्कुलर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नविकरणको लागि सर्कुलर गरेको छ।

केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र सदस्यता नविकरण गराउन पार्टीले बिहीबार सर्कुलर जारी गरेको हो।

फागुन २० गतेसम्म नविकरण गराइसकेमा फागुन २५ गतेसम्म नविकरण भएको रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउँन सहज हुने भएकोले उक्त समयसीमा निर्धारण गरिएको हो।

जसपाको सङ्गठित सदस्यता शुल्क बार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउँन भनिएको छ।

फागुन ११, २०८० शुक्रबार ०९:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।