वाफ च्याम्पियनसिप : नेपालसँग ५-० गोलले इराक पराजित

वाफ च्याम्पियनसिप : नेपालसँग ५-० गोलले इराक पराजित

काठमाडौं : नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५-० को फराकिलो जित निकालेको छ।

बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्रा भण्डारीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन्।

लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टर फाइनल नजिक पुगेको छ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो। लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेल अगावै बाहिरिने निश्चित बनेको छ।

इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० का हार बेहोरेको थियो।

नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ।

१० फागुन, २०८०, २१:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।