जसले सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो-भिडियो आफन्तलाई पठाउँथे, गोंगबुबाट पक्राउ

जसले सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो-भिडियो आफन्तलाई पठाउँथे, गोंगबुबाट पक्राउ

काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।

नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर ११ बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।

उनलाई बुधबार गोंगबुबाट पक्राउ गरिएको एसपी अवस्थीले बताए।

उनका अनुसार थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए। त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो।

तर, सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर-भिडिओ पठाएको पाइएको हो। त्यसपछि आफ्नो चरित्र हत्या गरेको भन्दै पीडितले ब्यूरोमा जाहेरी दिएकी थिइन्।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान अघि बढाएको छ।

फागुन १०, २०८० बिहीबार २१:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।