कांग्रेसबाट एकपटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री र ४ पटकसम्म मात्र सांसद बन्न पाइने दाबी

कांग्रेसबाट एकपटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री र ४ पटकसम्म मात्र सांसद बन्न पाइने दाबी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेसबाट एकपटक राष्ट्रपति, तीनपटक मन्त्री र चारपटक सम्म मात्र सांसद बन्न पाइने बताएका छन्। 

जारी महासमिति बैठकको समापन समारोहमा उनले कांग्रेसबाट दुई पटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने दाबी गरे।

महामन्त्री शर्माले गठबन्धन मात्र महासमिति बैठकमा छलफल भएको भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थितिबारे पनि छलफल भएको जिकिर गरे।

'सबैलाई स्पष्ट पारौँ, त्यो विषयबाहेक अन्य धेरै विषयमा छलफल भयो; देशको स्थिति र परिस्थितिको विषयमा छलफल भयो, मन माझा-माझ भयो। अहिले एकढिक्का भएका छौँ,' उनले भने।

फागुन १०, २०८० बिहीबार १९:४४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।