सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ७० बढी लिडरहरूलाई क्षमता विकास तालिम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ७० बढी लिडरहरूलाई क्षमता विकास तालिम

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एमडीआरटी कार्यक्रम गरेको छ।

पोखरास्थित उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।

कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको कम्पनीले जनाएको छ।

७० भन्दा बढी सिटिजन लिडरहरूको उपस्थिति रहेको कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए। उनले 'संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गर्नुपर्छ' भन्दै लिडरहरूलाई आफ्नो कार्यमा सफल हुन सकारात्मक सोच लिएर अगाडि बढ्न सचेत गराएका थिए।

त्यस्तै, कम्पनीका ब्रान्ड एम्बेस्डर महजोडीले लिडरहरूलाई 'मान्छेलाई संगतले निकै असर गर्छ र सिटिजन परिवारभित्र एकदमै राम्रो र प्रेरणात्मक वातावरण भएका' भन्दै प्रेरित गरे।

कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा लिडरहरूको मुख्य भूमिका रहेको बताए।

फागुन १०, २०८० बिहीबार १८:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।