नेपाल ‘ए’लाई हराउँदै क्यानडाले जित्यो सिरिज

नेपाल ‘ए’लाई हराउँदै क्यानडाले जित्यो सिरिज

काठमाडौं : अन्तिम खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा -११ ले क्रिकेटको एक दिवसीय शृंखला जितेको छ।

बिहीबार भएको तेस्रो अर्थात् अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो।

मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो। क्यानडाका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, आरोन जोन्सनले ४२ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा अलआउट भएको थियो।

नेपालका लागि आशुतोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जीसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए।

बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २/२ विकेट लिए।

कलिम साना र साद बिन जफरले १/१ विकेट लिए।

फागुन १०, २०८० बिहीबार १७:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।