सिटी एक्सप्रेसद्वारा दशैं विशेष योजनाका विजेतालाई उपहार हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा दशैं विशेष योजनाका विजेतालाई उपहार हस्तान्तरण

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' योजनाको उपहार हस्तान्तरण गरेको छ।

सो योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रूपैयाँ र दक्षिण कोरियाबाट रेमिट्यान्स पठाउने सुबाश लिम्बुलाई एक लाख रूपैयाँ हस्तान्तरण गरिएको हो।

सिटी एक्सप्रेसले गत असोज १५ देखी मङ्सिर १५ गते सम्मका लागि दशैँ, तिहार र छठलाई लक्षित गर्दै उक्त उपहार योजना घोषणा गरेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार र ६१ दिनसम्म हरेक दिन १०० जनालाई ५ सय रूपैयाँको वालेट टपअप् र अन्त्यमा एक जना विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो। जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार , ४५ जनाले साप्ताहिक उपहार २ जनाले मासिक उपहार जितेका छन्।

फागुन १०, २०८० बिहीबार १५:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।