निर्णायक खेलमा नेपाल ‘ए’ टीमले दियो १८२ रनको लक्ष्य
काठमाडौं : क्यानडा-११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ‘ए’ले १८२ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको हो।
नेपालका लागि अशुन्तोष घिरैयाले सर्वाधिक २८ रन बनाए।
बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिए।
शेर मल्ल र साहब आलम शून्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे।
बलिङमा क्यानडा-११ का हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २-२ विकेट लिए। कलिम साना र साद बिन जफरले १-१ विकेट लिए।
यसअघि भएको दुई खेलमा नेपाल ए र क्यानडा ११ ले एक-एक खेल जितेका छन्।
क्यानडा अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
फागुन १०, २०८० बिहीबार १३:३०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।