किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : लामिछाने

किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरूले सरकार ढाल्ने क्षमता राखेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन्।

‘किसानको दूध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ,’ उनले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला।’

उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरूको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए।

भूमिहीन सुकुम्बासीहरूलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमिहीन आयोगले विशेष ध्यान दिनुपर्ने बताए।

फागुन १०, २०८० बिहीबार १२:४६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।