क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ले टस हार्यो
काठमाडौं : क्यानडा-११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले टस हारेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णयसँगै नेपाल ब्याटिङमा तानिएको हो।
नियमित कप्तान विनोद भण्डारी बिरामी भएर अनुपस्थित हुँदा नेपाल ‘ए’को कप्तानी आज पनि सन्दीप जोराले नै गर्दैछन्।
पहिलो खेलमा विनोदले कप्तानी गरेका थिए भने दोस्रो खेलमा सन्दीपले कप्तानी सम्हालेका थिए।
यसअघि भएको पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गर्दा दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो। सिरिज १-१ को अवस्थामा छ।
फागुन १०, २०८० बिहीबार ०९:२०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।