प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा कायमै, लुटन टाउन ४-१ ले पराजित

प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा कायमै, लुटन टाउन ४-१ ले पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई ४-१ गोलले हराउँदै लिभरपुलले आफूलाई अंकतालिकाको शीर्ष स्थानमा कायमै राखेको छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि भरगिल भान डिजिक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलिओटले गोल गर्दा लुटन टाउनले छेडोजी ओग्बेनेले सात्वना गोल फर्काए।

खेलमा लिटन टाउनका ओग्बेनेले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म अग्रता कायम राखेको टिमले दोस्रो हाफमा भने त्यसलाई जोगाउन सकेन।

खेलको ५६औं मिनेटमा डिजिक, ५८औं मिनेटमा गाक्पो, ७१औं मिनेटमा डियाजले र इलिओटले ९०औं मिनेटमा गोल गरे।

जितसँगै लिभरपुल २६ खेलमा ६० अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ भने २५ खेलबाट २० अंक मात्र जोडेको लुटन टाउन २० अंकसहित पहिलो १८औं स्थानमा छ।

१० फागुन, २०८०, ०८:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।