वाफ च्याम्पियनसिपमा आज नेपाल र इराक भिड्दै

वाफ च्याम्पियनसिपमा आज नेपाल र इराक भिड्दै

काठमाडौं : वेस्ट एसियन फुटबल महासंघ​ (वाफ) च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज इराकसँग खेल्दैछ।

खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा नेपाली समयअनुसार बेलुकी पौने आठ बजे शुरू हुनेछ।

पहिलो खेलमा सिरियालाई ४-१ गोलले हराएको नेपाली टोली समूह ‘बी’को शीर्षस्थानमा छ।

सिरियाविरुद्ध नेपाललाई जित दिलाउन आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए।

इराक भने प्यालेस्टाइनसँग ३-० ले पराजित भएको थियो। वाफले आमन्त्रित टोलीका रूपमा नेपाललाई सहभागी गराएको हो।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले फागुन १२ गते प्यालेस्टाइनसँग भिड्दैछ।

समूहका दुई शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन्। समूह ‘ए’मा जोर्डन, लेबनान, साउदी अरब र गुआम छन्।

१० फागुन, २०८०, ०८:२७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।