सहायक निरीक्षकसहित १८ प्रहरी सम्पर्कविहीन, स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

सहायक निरीक्षकसहित १८ प्रहरी सम्पर्कविहीन, स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

काठमाडौं : नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना निकालेर एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो।

उनीहरू एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको भन्दै बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

हेर्नुहोस् सूचना:-

फागुन १०, २०८० बिहीबार ०८:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।