जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको छ। 

आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाएको पार्टीका प्रचार-प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकमा केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा पनि छलफल हुने उनले बताए।

फागुन १०, २०८० बिहीबार ०७:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।