पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारले गर्यो तीनबुँदे सहमति

पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारले गर्यो तीनबुँदे सहमति

काठमाडौं : कोशी प्रदेशको पुनः नामकरण गर्ने सन्दर्भमा सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच तीनबुँदे सहमति भएको छ।

आज भएको दुई पक्षीय वार्तामा दुबै पक्षको वार्ता टोलीले तीनबुँदे सहमति गरेका हुन्।

प्रदेशको पुन: नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्तासम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत गरेका थिए।

सो विषयप्रति दुबै पक्षबाट सकारात्मक समीक्षा गर्दै फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनका क्रममा लागेका मुद्दाहरू फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरूमा विचाराधीन मुद्दाहरूको विवरण तथा घाइतेहरूको उपचार खर्चको विवरण संकलन गरि पेश गर्न सरकारका तर्फबाट २ जना र आन्दोलनरत पक्षका तर्फबाट २ जना रहने गरि एउटा कार्यदल गठन गर्ने सहमति भएको छ।

आज भएको दोस्रोपटकको सहमतिअघिको वार्तामा पाँचबुँदे सहमति भइसकेको छ।​​​​​​​

 

९ फागुन, २०८०, २१:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।