कांग्रेस नेता गणेश लामामाथि व्यवसायी अपहरण गरेर करोडौँको कागज गराएको आरोप, प्रहरी अनुसन्धानमै

कांग्रेस नेता गणेश लामामाथि व्यवसायी अपहरण गरेर करोडौँको कागज गराएको आरोप, प्रहरी अनुसन्धानमै

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामामाथि अपहरण गरेर फिरौतीको कागज गरेको आरोप लागेको छ।

व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई अपहरणमा पारेर केन्द्रीय सदस्य लामा र सहदेव कक्षपतिले करोडौँको फिरौतीको कागज गराएको आरोप लगाएका हुन्। लामा आपराधिक पृष्ठभूमिका हुन् भने कक्षपती उनको सहयोगी।

आपराधिक पृष्ठभूमी रहेका लामा विजयकुमार गच्छदारको पार्टी कांग्रेसमा बिलय भएसँगै कांग्रेसमा गएर महाधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

व्यवसायी खड्काले बुधबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै ललितपुरको धोलाहिटी आदर्श टोलबाट अपहरण गरेर आफूलाई सानेपास्थित लन्डन हाउसमा गत पुस २३ गते आठ घन्टा बन्धक बनाएको खड्काले बताएका छन्।

त्यसक्रममा धम्की एवं डर त्रास देखाएर करकाप गरी फिरौती स्वरूप करोडौँको लेनदेनको कागज गराएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

ई–कमर्स प्लेटर्फम ग्यापुका संस्थापक समेत रहेका खड्काले सुरक्षाका कारण यो विषय सार्वजनिक गर्न ढिला भएको उल्लेख गरेका छन्। यस विषयमा खड्काले लामाविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।

खड्काको जाहेरीबारे कार्यालयले अनुसन्धान गरेर दुई दिन अगाडि प्रतिवेदन अपहरण भएको भनिएको होटल कार्यक्षेत्र पर्ने जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको थियो। ललितपुरका एसएसपी शेखर खनालले अपराध अनुसन्धान कार्यालयबाट प्रतिवेदन आएको र त्यसबारे अनुसन्धान भइरहेको उकेरालाई बताए।

यस्तो छ विज्ञप्ति :

फागुन ९, २०८० बुधबार १७:३८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।