नामिबियाविरुद्व नेपाल दुई विकेटले पराजित
काठमाडौं : विश्वकप लिग-२ क्रिकेट अन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ।
टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले १६९ रनको लक्ष्य दिएको थियो। नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नामिबियाका लागि कप्तान जेर्हार्ड इरासमसले ५२ रनको योगदान दिए। त्यस्तै, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो।
नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए।
जारी शृंखलाका नेपालले नामिबियासँगका दुवै खेल हारेको छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्व जित निकालेको थियो।
नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ।
फागुन ९, २०८० बुधबार १६:१७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।