घट्यो नेप्से, दुई अर्ब बढीको कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ।
बुधबार नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ।
आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा किनबेच भएको छ।
यसदिन १३ वटा उप-समूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ। बाँकी १२ वटा समूहगत सूचक घटेको छ।
आज बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।
फागुन ९, २०८० बुधबार १६:०३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।