नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनायो।
नेपालका लागि आशिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले। उनले आठ चौका र एक छक्का हिर्काए।
कुशल मल्ल ३६, भीम सार्की २६, कुशल भुर्तेल १८ रनमा आउट हुँदा करण केसीले १२ रन जोडे।
नामिबियाका लागि बर्नाड स्कोल्ट्ज र जन निकोल लोफ्टी इटनले समान चार-चार विकेट लिँदा जेरार्ड इराशमस र ज्याक ब्रसेलले समान एक-एक विकेट लिए।
नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यसअघि भएको खेलमा नामिबियाले नेपाललाई चार विकेट हराएको थियो।
फागुन ९, २०८० बुधबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।