नेपालको नवौं विकेट झर्यो
काठमााडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालको नवौं विकेट पतन भएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालको चौँतिसौं ओभरमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी आउट हुँदा पैतिसौं ओभरको समाप्तीमा भीम सार्की आउट भएका हुन्।
ज्यान निकोल लोफ्टी इटनले ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरी र पाँचौं बलमा सोमपाल कामी आउट गरेका हुन्। भीम सार्कीलाई भने बर्नाड स्कल्ट्चले बोल्डआउट गरे।
यसअघि कुशल भुर्तेल १८, आशिफ शेख ५८, अनिल शाह, देव खनाल र रोहित पौडेल ०–० रन बनाएर आउट भएका थिए।
पैतिसौं ओभरको समाप्तीमा नेपालले ९ विकेट गुमाएर १६१ रन बनाएको छ।
फागुन ९, २०८० बुधबार ११:५०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।