विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

विराटनगर : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो।

मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन्। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

फागुन ९, २०८० बुधबार ११:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।