नामिबियाविरुद्ध नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा तानिएको छ।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। पछिल्लो खेलबाट गुलशन झाको स्थानमा करण केसी आएका छन्।
पहिलो खेलमा नामिबियाविरुद्ध ४ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पराजित भएको थियो।
नेपालको टोली:
रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी
फागुन ९, २०८० बुधबार ०८:४१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।