संयुक्त राष्ट्रसंघ : गाजामा युद्धविरामको प्रस्तावमा अमेरिकाले लगायो भिटो

संयुक्त राष्ट्रसंघ : गाजामा युद्धविरामको प्रस्तावमा अमेरिकाले लगायो भिटो

एजेन्सी : गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघमा पेश भएको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको छ।

अमेरिकाले ‘अस्थायी युद्धविराम’को लागि अपील गर्ने आफ्नै प्रस्ताव ल्याएपछि यो भिटो प्रयोग गरेको थियो।

अमेरिकाका सहयोगी राष्ट्रहरूले पनि यस कदमको निन्दा गरेका छन् र अमेरिकाले युद्धविराम प्रस्तावलाई अवरुद्ध गरेकोमा दुःख व्यक्त गरेका छन्।

आफ्नो प्रस्तावमा अमेरिकाले इजरायललाई रफाहमा प्रवेश नगर्न चेतावनी दिएको छ। इजरायलले रफाहमा प्रवेश गर्ने कुरा गरेको छ र हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न मार्च १० सम्मको समय दिएको छ।

यसअघि पनि संयुक्त राष्ट्रसंघमा मतदानका क्रममा अमेरिकाले ‘युद्धविराम’ शब्दलाई वेवास्ता गर्दै आएको छ।

१५ सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने बेलायतले मतदान प्रक्रियामा भाग लिएनन्।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले हमास र इजरायलबीच वार्ता अझै चलिरहेको भएकाले तत्काल युद्धविरामको लागि आह्वान गर्ने यो उपयुक्त समय होइन भनेका छन्।

अमेरिकाले ल्याएको प्रस्तावमा ‘जतिसक्दो चाँडो’ अस्थायी युद्धविराम लागू गर्ने र इजरायली बन्धकहरूलाई रिहा गर्ने शर्त राखिएको छ। जसमा गाजामा सहायता पुग्ने सबै प्रतिबन्ध हटाउनुपर्ने उल्लेख छ।

फागुन ९, २०८० बुधबार ०८:१२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।