रियल मड्रिड जान तयार भए एम्बाप्पे, कति लिनेछन् पारिश्रमिक?

रियल मड्रिड जान तयार भए एम्बाप्पे, कति लिनेछन् पारिश्रमिक?

एजेन्सी : पेरिस सेन्ट जर्मन (पीएसजी) युवा फरवार्ड केलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिड जान सहमत भएका छन्। एम्बाप्पे र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ।

बीबीसीका अनुसार एम्बाप्पे र रियल मड्रिडबीच आधिकारिक सम्झौता भने भइसकेको छैन।

फ्रान्सका २५ वर्षीय कप्तान एम्बाप्पेले फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जित्दा महत्त्वपूर्ण सदस्यको भूमिका निर्वाह गरेका थिए। एम्बाप्पेले पीएसजीका लागि कीर्तिमानी २४४ गोल गरेका छन्।

पछिल्लो केही सिजनयता रियल मड्रिडले एम्बाप्पेसँग सम्झौताका लागि चर्को प्रयास गर्दै आएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एम्बाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गर्ने छन्। उनको पारिश्रमिक प्रति सिजन १५ मिलियन युरो र सम्झौताबापत १५० मिलियन युरो बोनस पाउने छन्।

फागुन ८, २०८० मंगलबार १९:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।