भोलिदेखि आन्दोलन गर्न देशभरबाट काठमाडौं आइपुगे लघुवित्त पीडित

भोलिदेखि आन्दोलन गर्न देशभरबाट काठमाडौं आइपुगे लघुवित्त पीडित

काठमाडौँ : न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका छन्।

उनीहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। रोल्पाबाट आइपुगेका पीडित गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए।

उनले भने, ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरवारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। पीडितलाई बढी दबाब दिएकाले आन्दोलन गरेका हौँ।’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले भोलिदेखि काठमाडौँ लक्षित आन्दोलन गर्ने भएपछि देशभरका पीडितहरू काठमाडौं आएका हुन्।

फागुन ८, २०८० मंगलबार १९:२१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।