नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र, कैदीले १२ दिन ध्यान गर्ने

नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र, कैदीले १२ दिन ध्यान गर्ने

काठमाडौं : कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र 'धम्मासय'को खुलेको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सो केन्द्रको उद्घाटन गरेसँगै अब कैदीबन्दीले १२ दिनसम्म ध्यान शिविर सञ्चालन हुनेछ। तीन महिनाको तयारीपछि संचालनमा आएको नक्खु कारागार ध्यान केन्द्रमा ४८ कैदी बन्दीहरूका लागि ध्यान शिविर सञ्चालन हुने भएको बताइएको छ।

उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए।

अग्रज रुपचन्द्र विष्टले आफूसँगको कुराकानीमा 'मानिसहरू सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको' बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति थियो।

फागुन ८, २०८० मंगलबार १६:४७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।