झिनो अंकले घट्यो नेप्से

काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ।
मंगलबार नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ।
यस दिन ३१४ धितोपत्रका ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा किनबेच भएको छ।
१३ उप-समूहमध्ये आठको समूहगत सूचक घटेको छ। पाँच वटाको समूहगत सूचक बढेको छ।
बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
फागुन ८, २०८० मंगलबार १५:४७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।