क्यानडा ११ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य
काठमाडौं : दोस्रो एकदिवसीय खेलमा क्यानडा ११ ले नेपाल ‘ए’लाई २४१ रनको लक्ष्य दिएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडा ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनायो।
उसका लागि श्रेयस ८२ बलको सामना गरेका श्रेयस मोब्बाले पाँच चौकाको मद्दतमा सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले।
नभनीत धलिवाल ४६, श्रीमन्थ विजयरत्ने ४१, आरोन जोनसन ३६, डिलोन हेलिगर १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका साहब आलमले तीन, रसिद खान र शेर मल्लले समान दुई–दुई तथा सागर ढकाल र बसीर अहमदले एक-एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि भएको पहिलो खेलमा क्यानडा ११ ले नेपाल ‘ए’ लाई चार विकेटले पराजित गरेको थियो।
फागुन ८, २०८० मंगलबार १३:१२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।