रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने

रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने

काठमाडौं :  रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ।

रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हालसालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल फागुन १२ गते शंखमुलस्थित इजीवे ट्रायल सेन्टरमा हुन लागेको हो।

यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प हुनेछ।

यस्तै हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरू र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरू पनि  हुने कम्पनीले जनाएको छ।

फागुन ८, २०८० मंगलबार १२:५७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।