आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ

आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ

सुनसरी : आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति पक्राउ गरेको छ।

दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट रेल्वेबाट प्रहरी खटिएको थियो।

प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएपछि दिपकलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन ८, २०८० मंगलबार १२:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।