नेपाली नागरिकले अब भारतीय सिमकार्ड पाउने

नेपाली नागरिकले अब भारतीय सिमकार्ड पाउने

काठमाडौं : नेपाली नागरिकले अब भारतमा भारतीय सिमकार्ड पाउने भएका छन्।

भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकृत गरेसँगै अब नेपालीले भारतीय सिमकार्ड पाउने भएका हुन्।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यसको जानकारी दिएका छन्।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो,’ उनले लेखेका छन्, ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ।’

उनका अनुसार अब नेपाली नागरिकहरूले राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्नेछन्।

यसअघि नेपाली नागरिकले भारतीय सिमकार्ड पाउँदैनथे।

फागुन ८, २०८० मंगलबार ०९:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।