नेपाल भित्रियो भारतको होम एण्ड किचेन सोलुसन ब्रान्ड ‘पिजन’

नेपाल भित्रियो भारतको होम एण्ड किचेन सोलुसन ब्रान्ड ‘पिजन’

काठमाडौं : भारतको सबैभन्दा ठूलो होम एण्ड किचेन सोलुसन ब्रान्डमध्ये एक पिजनलाई लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी इलेक्ट्रोटेक प्रालिले नेपाल भित्र्याएको छ।

काठमाडौंमा एक कार्यक्रमका बीच यसको उद्घाटन गरियो। कार्यक्रममा लक्ष्मी इलेक्ट्रोटेकका निर्देशक, पिजन इन्डियाका वरिष्ठ अधिकारीहरू तथा ३० भन्दा बढी प्राइम डिलरहरूको उपस्थिति थियो।

कार्यक्रममा मिक्सर ग्राइन्डर, कुकटप, आइरन र इन्डक्सन जस्ता केही सामग्रीहरू प्रदर्शनमा थिए।

कार्यक्रममा लक्ष्मी ग्रुपका निर्देशक अनुकुल श्रेष्ठले पिजनसँगको सम्बन्ध कम्पनीको नेपालको बजारमा पाइला राख्ने प्रयासमा अर्को कोसेढुङ्गा भएको बताए।

फागुन ८, २०८० मंगलबार ०८:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।