नेपाली क्रिकेट टिमले भारतका दुई टिमसँग त्रिकोणात्मक सिरिज खेल्ने

नेपाली क्रिकेट टिमले भारतका दुई टिमसँग त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको दुई राज्यका टिमसँग ट्वान्टी-२० क्रिकेट शृङ्खला खेल्ने भएको छ।

आज त्रिकोणात्मक शृङ्खलाको तालिका सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले खेल भारतमै हुने बताएको छ।

तालिका अनुसार नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृङ्खला खेल्ने छ। नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृङ्खलाको सुरुआत गर्ने छ।

नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्ने छ। शृङ्खलाको शीर्ष दुई टिम उपाधिका लागि अप्रिल ७ मा भिड्नेछन्।

शृङ्खलाका सबै खेलहरू भारतका वापीमा हुने छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खला खेलिरहेको छ।

फागुन ७, २०८० सोमबार १९:३३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।