वीरगन्जमा अनिश्चितकालिन कर्फ्यु

वीरगन्जमा अनिश्चितकालिन कर्फ्यु

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ।

जिप्रकाले एक सूचना जारी गर्दै बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको सूचनामा अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताइएको छ।

हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु आदेश जारी गरिएको छ। कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ।

रौतहट जिल्लाको ईशाननाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो।

७ फागुन, २०८०, १७:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।