देउवाले गरे कांग्रेस महासमिति बैठकको उद्घाटन

देउवाले गरे कांग्रेस महासमिति बैठकको उद्घाटन

काठमाडौं : ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन गरिएको छ। गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाले रुखमा पानी हालेर र पानसमा बत्ती बालेर बैठकको उद्घाटन गरेका हुन्।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक सुरू भएको हो।

फागुन १० गतेसम्म चल्ने कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले स्वागत गरेका छन्। उनले एकताबद्ध भएर कांग्रेसलाई सुदृढ बनाउन आव्हान गरेका छन्।

कार्यक्रम स्थलमा देशभरबाट करिब २५ सय महासमिति सदस्यहरू उपस्थित छन्।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन्।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र पार्टीका प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा प्रस्ताव पेस गर्नेछन्।

७ फागुन, २०८०, १५:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।