आईसीसी विश्वकप क्रिकेट लिग-२ : आर्यन दत्तको घातक बलिङमा १२३ रनमै समेटियो नामिबिया
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नामिबयाले नेदरल्यान्ड्सविरुद्ध १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबया ३५.१ ओभरमा अलआउट हुन पुगेको हो। दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए।
नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए। उनले एक चौका र २ छक्का हिर्काए।
त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए। उनले एक छक्का प्रहार गरे। विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए।
नेदरल्यान्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए।
नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
फागुन ७, २०८० सोमबार १२:११:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।