बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न
काठमाडौं : बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ।
कम्पनीले १०० वटा बिरुवा रोप्ने उदेश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरूलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।
कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ।
१०० भन्दा धेरै एनएस ग्राहकहरू सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहान लगायतका विभिन्न स्थानका राइडरहरू सहभागी रहेका थिए।
उक्त कार्यक्रममा सहभागी सबै राइडरहरूले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा भाग लिएका थिए। विजेताहरूलाई कम्पनीले उपहारस्वरूप फुल हेलमेट प्रदान गरेको थियो।
उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समहुका राइडरहरूको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो।
‘१०० एनएस राइडर्सको एउटै उदेश्य’ भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो कम्यूनिटी राइड भएको कम्पनीले जनाएको छ।
फागुन ७, २०८० सोमबार ०९:३०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।