टिमले नजित्दा शतकको खासै भ्यालु नै लागेन : रुबिना क्षेत्री
काठमाडौं : एसीसी महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक प्रहार गरेकी नेपाली राष्ट्रिय टोलीको सदस्य रुबिना क्षेत्री बेलबासेले आफूलाई शतकको खासै भ्यालु नभएको बताएकी छन्।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा मलेसियाविरुद्ध पराजित भएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै रुबिनाले टिमले नजित्दा शतकको खासै भ्यालु नलागेको बताइन्।
उनले भनिन्, ‘पर्सनल माइलस्टोन त भयो। टिम इभेन्टमा टिमको रिजल्ट नआउँदा चाहिँ त्यो शतकको मलाई खासै भ्यालु नै लाग्या छैन।’
टिमको रिजल्ट नआको देख्दा एकदमै थकान महसुस भइरहेको भन्दै जुनियर प्लेयरहरूले म्याच विनिङ पारी खेल्न नसकेको बताइन्।
फागुन ७, २०८० सोमबार ०८:४२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।