प्रजातन्त्र दिवसमा टेलिकमको अफर : विभिन्न सुविधासहितको सिमकार्ड शहीद परिवारलाई नि:शुल्क
काठमाडौं : नेपाल टेलिकमले सोमबार प्रजातन्त्र दिवसको अवसरमा ग्राहकका लागि विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ।
कम्पनीका प्रिपेड र पोस्टपेड मोबाइलका ग्राहकलाई साविक बमोजिमको १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको ३० दिनसम्म चलाउन मिल्ने रिसोर्स सिमकार्ड शहीद परिवारलाई नि:शुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ।
त्यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इयर्ली वान टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'१ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ,' विज्ञप्तिमा उल्लेख छ।
ती प्याक खरिद गर्नका लागि मोबाइलबाट *1415*8# डायल गर्न वा टेलिकमको एप प्रयोग गर्नुपर्ने छ।
फागुन ६, २०८० आइतबार १४:२२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।