युक्रेनको सहर कब्जामा लिएपछि पुटिनले दिए आफ्ना सेनालाई बधाई

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी सहर कब्जामा ल्याउन सफल भएकोमा आफ्ना सेनालाई बधाई दिएका छन्।
रुसी रक्षामन्त्री सर्गेई शोइगुका अनुसार राष्ट्रपति पुटिनले सेनालाई यो महत्त्वपूर्ण विजयका लागि बधाई दिएको बताएका हुन्।
कीभले आफ्नो सेना जोगाउन अवडिभकाबाट फिर्ता ल्याएको घोषणा गरेको थियो। त्यसको केही घण्टापछि मस्कोले शनिबारमा पूर्वी युक्रेनी सहर अवडिभका पूर्णरूपले आफ्नो नियन्त्रणमा लिएको बताएको थियो।
युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको अवडिभका सरहको कब्जा युक्रेनयुद्धमा गत वर्षको मे महिनायताकै ठूलो रुसी जित हो।
फागुन ६, २०८० आइतबार १०:२७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।