पेनाल्टीमा एम्बाप्पेको गोलपछि फ्रेन्च लिग–१ फुटबलमा पीएसजीको सहज जित

एजेन्सी : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ।
शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।
पीएसजीको जितमा हर्नान्डेज र केलियन एम्बाप्पेले एक/एक गोल गरेका थिए।
लुकास हर्नान्डेजले ६० औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। ७८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २-० को सहज जित निकाल्न सफल भएको हो।
जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ। पराजित भएको नान्टेस २२ अंकका साथ १३ औँ स्थानमा छ।
पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ।
फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए। उनले १४, ४४ औँ र ४९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औँ स्थानमा छ।
फागुन ६, २०८० आइतबार ०९:३४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।