चर्चित भारतीय फिल्म घायलका निर्देशकलाई भयो दुई वर्ष जेलको सजाय

चर्चित भारतीय फिल्म घायलका निर्देशकलाई भयो दुई वर्ष जेलको सजाय

एजेन्सी : घायल जस्तो चर्चित फिल्मका निर्देशक राजकुमार सन्तोषीलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। उनी सनी देवलको लाहौर १९४७ को निर्देशनको तयारीमा छन्। उनलाई गुजरातको जामनगर अदालतले एक एक चेक बाउन्सको केसमा दुई वर्ष कैद र दुई करोड जरिवानाको फैसला सुनाएको हो।

गुजरातको जामनगरका व्यापारी अशोकलालसँग उनले एक करोड सापट लिएर पैसा नदिएको आरोप लाग्दै आएको छ। उनले रकम फिर्ता गर्न बैङ्कको चेक दिएको तर खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो।

रिपोर्टमा गरिएको दाबी अनुसार सन्तोषीले व्यापारीलाई १०-१० लाखको १० वटा चेक दिएकोमा कुनै पनि साटिएन। व्यापारीले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि उनले २०१५ मा मुद्दा दायर गरेका थिए।

अदालतले यो घटनामा १८ पटक सुनुवाइ गर्दा समेत निर्देशक राजकुमार सन्तोषी एक पटक पनि कोर्टमा हाजिर भएनन्। उनी कुनै सुनुवाइमा उपस्थित नभएपछि अन्तमा कोर्टले उनलाई एक करोड लिएर फिर्ता नगरी नसाटिने चेक दिएको ठहर गर्दै दुई करोड जरिवानासँगै दुई वर्ष जेल सजाय समेत सुनायो। 

फागुन ६, २०८० आइतबार ००:४१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।