कोशी प्रदेशको नाम 'कोकिली' राख्न नागरिक उन्मुक्ति पार्टीले पहल गर्ने

कोशी प्रदेशको नाम 'कोकिली' राख्न नागरिक उन्मुक्ति पार्टीले पहल गर्ने

काठमाडौं : कोशी प्रदेशको पुनः नामाकरण गर्न पहिचानवादीले गरिरहेको आन्दोलनमा समर्थन जनाउँदै नागरिक उन्मुक्ति पार्टीले प्रदेशको नाम कोकिली राख्नुपर्ने धारणा राखेको छ।

शनिबार बसेको पार्टीको पहिलो केन्द्रीय सचिवालय बैठकले प्रदेशको नाम कोचिला, किरात, लिम्बुवान (कोकिली) राख्न पहल गर्ने निर्णय गरेको हो।

इलामको चुलाचुली गाउँपालिका -४ मा अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले जबर्जस्ती राखिएको कोशी नाम खारेजी माग गर्ने पनि निर्णय गरेको छ।

बैठकले वि.सं. २०८१ सालमा हुने संघ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय पनि गरेको महासचिव ठाकुरसिंह थारूले जानकारी दिए।

बैठकले सहकारीका पीडितहरूलाई राहत दिने तथा कानूनविपरीत कार्य गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन विज्ञहरूको टोली गठन गरि तत्काल समस्या समाधान गर्न पहल गर्ने निर्णय पनि गरेको महासचिव थारूले बताए।

५ फागुन, २०८०, १९:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।