कांग्रेस महासमिति बैठक : खाजा र खानामा मात्रै झन्डै ७० लाख खर्च हुने

कांग्रेस महासमिति बैठक : खाजा र खानामा मात्रै झन्डै ७० लाख खर्च हुने

काठमाडौँ : आगामी फाल्गुन ७ देखि १० गतेसम्म हुने नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा छ। बैठकका लागि देशभरबाट आउने २५ सय बढी प्रतिनिधिलाई व्यवस्थापन गर्न कांग्रेसले तयारी गरिरहेको जनाएको छ।

तयारीका क्रममा बैठकमा खाजा र खानाका लागि मात्र करिब ७० लाख रुपैयाँ खर्च हुने देखिएको भोजनको व्यवस्थापनको जिम्मा अनुपम फुडल्यान्डको प्रारम्भिक अनुमान छ।

भोजन व्यवस्थापन उपसमितिका संयोजक उदय शमशेर राणाका अनुसार एक जनाको लागि दैनिक ८ सय ८० रुपैयाँमा फुडल्यान्डसँग सम्झौता गरिएको छ।

राणाका अनुसार बैठकका दौरान सदस्यहरूलाई बिहानको खाजा, खाना र दिउँसो खाजा गरी तीन टाइमको भोजनको व्यवस्था गरिएको छ। साँझको खाना र आवासको व्यवस्था भने महाधिवेशन प्रतिनिधि आफैले गर्नुपर्नेछ।

फागुन ५, २०८० शनिबार १६:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।